Incident Reports

तातोपानीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप

2015-03-28

Bagmati, Sindhupalchok, Bhotekoshi

ग्याँस चीन तस्करी गरेको आरोपमा अनुसन्धान गर्न सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका एक मजदुर बेपत्ता भएको विषयलाई लिएर शनिबार दिउँसोदेखि तातोपानी नाका तनावग्रस्त बनेको छ। बेपत्ता मजदुरका आफन्त र स्थानीय प्रदर्शनमा उत्रँदा सशस्त्र प्रहरीसँग झडपसमेत भएको छ। झडपमा एक प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हगाम–७ का २१ वर्षीय कुमार तामाङ चार दिनदेखि बेपत्ता छन्। प्रहरीले उनलाई बेपत्ता पारेको भन्दै स्थिति सार्वजनिक गर्न माग गर्दै परिवारजन र स्थानीय सशस्त्र विरुद्ध प्रदर्शनमा उत्रेपछि दोहोरो झडप भएको हो। ठूलो संख्याका प्रदर्शनकारीले तातोपानीको बसपार्कमा ढुंगामुढा बिछ्याएर अवरोध गरिरहेका छन्। उनीहरुले तातोपानी भन्सार तालावन्दी गर्ने लगायत कार्यक्रम अघि सारेपछि ठूलो संख्यामा सुरक्षकर्मीसमेत परिचालन गरिएको छ। स्थानीय व्यापारी तथा बेपत्ता कुमारका छिमेकी पाङताङका धर्म गुभाजुले सशस्त्रले उनलाई बेपत्ता पारेका आरोप लगाए। सशस्त्रको नियन्त्रणबाटै उनी बेपत्ता हुनु र हालसम्म अवस्था सार्वजनिक नगरिनुले हामीलाई अरु नै गम्भिर शंका पैदा भएको छ,' उनले तातोपानीबाट टेेलिफोनमा भने। बेपत्ताको स्थिति सार्वजनिक नगरेसम्म आन्दोलन गर्ने उनले बताए।सशस्त्र प्रहरीले भने बेपत्ता कुमारलाई नियन्त्रणमा लिएको र उनी नियन्त्रणकै बीचमा भागेर बेपत्ता भएको दाबी गरेको छ। 'उनी नियन्त्रणकै बीचबाट भागेका हुन्। हामीले बेपत्ता बनाएका होइनौं। बरु खोजीमा जुटिरहेका छौं,' सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका एसपी बिदुर गुरुङले नागरिकन्यूजसँग भने। चैत ११ गते राति भन्सार सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। तर नियन्त्रणमै रहेको अवस्थामा कुमार भागेका एसपी गुरुङले बताए। उनका अनुसार स्थानीय बसपार्कमा गस्ति रहेको सशस्त्र प्रहरीले राति साढे नौ बजेतिर भोटेकोसीमा बत्तीको उज्यालो देखेपछि तस्करी भइरहेको शंका गर्दै टोली त्यहाँ पुगेको थियो। टोली पुग्दा भरिएको ग्याँसको एक सिलिण्डर र डोरी फेला पर्‍यो, मान्छे फेला परेनन्। भाटेकोसी तारेर विभिन्न सामग्री तस्करी भइरहन्छ। सिलिण्डर र डोरी लिएर फर्कँदै गर्दा टोलीले बाटोमा कुमारलाई फेला पार्‍यो। 'उनको जुत्ता भिजेको थियो। कम्मरमा डोरी पनि भेटियो। सोधपुछ गर्दा उनले ग्याँस तार्दै गरेको स्वीकारे,' एसपी गुरुङले भने। उनका अनुसार कुमारलाई साथै लिएर उनको तातोपानीस्थित डेरा पुग्दा ग्याँसका अरु पनि सिलिण्डर भेटिए। 'सोधपुछ गर्दै लैजाँदा उनले नजिकैको झाडीमा अरु पनि ग्याँसका सिलिण्डर लुकाएको बताए। देखाउन साथै लैजाने क्रममा उनी नियन्त्रणबाट फुत्केर भागे,' गुरुङको भनाइ छ। उनका प्रहरीले सम्पर्कमा नआएको बताएपछि सशस्त्र प्रहरी पनि भोलिपल्टैदेखि खोजीमा लागेको गुरुङले बताए। बेपत्ताका परिवारले भने भोटेकोसी किनारमा कुमारले लगाउने ज्याकेट भेटिएको दाबी गरेका छन्। 'आजै ज्याकेट भेटिएपछि हामीलाई अरु नै आशंका उब्जियो। र, स्थिति सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गर्दा झडप भयो,' छिमेकी गुभाजुले भने। नाकामा तनाव बढेपछि स्थिति नियन्त्रणका लागि एसपी गुरुङ नेतृत्वको टोली अहिले त्यता गइरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments