Incident Reports

ईंटा भट्टमा बोलाएर प्रहरीमाथि आक्रमण, दुई हवल्दार घाइते

2015-03-28

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीस्थित धनगढी नगरपालिकाको घुइयाघाटमा गएराति प्रहरीमाथि साङघातिक आक्रमण भएको छ । जुगेडाको श्रीराम ईंटा भट्टमा झगडा भइरहेको खबर गरेर एक समूहले प्रहरी सो स्थानमा पुगेपछि एक्कासी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्थानीय राना थारु समुदायका करिब ५० जनाको समूहले आक्रमण गरेको हो । उनीहरुको आक्रमणबाट प्रहरी हबल्दारद्धय गणेशराज जोशी र थानेश्वर पन्त घाइते भएका छन् । लाठी र ईटाले आक्रमण भएका दुबै प्रहरीको टाउको पिठ्यू र छातीमा गम्भिर चोट लागेको छ । दुबै जनाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ईंटा भट्टामा झगडा भएको खबर सुनेपछि अस्थायी प्रहरी चौकी जुगेडाबाट चार जना प्रहरी घटनास्थलतर्फ गएका थिए । प्रहरीहरु ईटा भट्टामा पुग्ने बित्तिकै एक्कासी ईंटा र लाठीले साङघातिक आक्रमण भएको थियो । दुई जना प्रहरी भने भाग्न सफल भएका थिए । आक्रमणकारीहरु सबै राना थारु समुदायका व्यक्ति रहेको र उनीहरुको पहिचान भइसकाले सबैलाई पक्राउ गरेर कानुनी कारबाही गरिने कैलालीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments