Incident Reports

सुत्केरीको मृत्यूपछि अस्पताल तनावग्रस्त

2015-03-29

Bagmati, Dolakha, Bhimeshwor

सुत्केरीको मृत्युपछि दोलखा बजारस्थित गौरीशंकर अस्पताल आज विहानैदेखि तनावग्रस्त भएको छ । प्राकृतिक रुपमा सुत्केरी भएकी सुन्द्रावतीकी करिब ३० वर्षीया सरीता मैनालीको मृत्युपछि आफन्तले अस्पतलमा सामान्य तोडफोडसमेत गरेका छन् । दोलखा सिंगटी सडक अबरोध गरिएको छ । अस्पताललाई जोगाउन प्रहरी परिचालन गरिएको छ । हिजो साँझ करिब ५ बजे सुत्केरी भएकी सरीताको अत्याधिक रक्तश्राव हुन थालेपछि २ पाउण्ड रगत दिइएको थियो । रक्तश्राव नरोकिएपछि हिजो साँझ करिब ७ बजेतिर काठमाडौं लगिएकी उनको खाडीचौर पुगेपछि मृत्यु भएको थियो । मृतकको आफन्तले नर्सहरुले जवरजस्ती साल झिकेपछि रक्तश्राव सुरु भएको आरोप लगाएका छनु । अस्पतालका डाक्टर विनोद दंगालले हजारमा एकजनालाई आउने समस्या आएको बताए । यसअघि उक्त अस्पतालमा सुन्द्रावतीकै अर्की महिला सुत्केरी भएको केहीदिनपछि रक्तश्रावले नै मृत्यु भएको स्मरण गर्दै आफन्तहरु बढी आक्रोशित भएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले घटनाको छनविन गर्ने बताउदै स्थिति असामान्य हुनबाट जोगाउन बार्ताको प्रयास भैरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Road block
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments