Incident Reports

त्रिचन्द्रका विद्यार्थी र प्रहरीबीच दोहोरो झडप

2015-03-31

Bagmati, Kathmandu, Kathmandu

स्ववियु निर्वाचनको माग गर्दै सडक जाम गरिरहेका विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र कलेज अगाडि झडप भएको छ । झडपमा केही विद्यार्थी र प्रहरी सामान्य घाइते भएका छन् । जाम खुलाउन पुगेको प्रहरी र विद्यार्थीबीच केहीबेर ढुंगा हानाहान भएको थियो । अनेरास्ववियु त्रिचन्द्र क्याम्पसको आयोजनामा ९ बजेदेखि भएको चक्काजाम लगत्तै प्रहरी पुगेर खुलाउने प्रयास गरेको थियो । प्रहरीको अवरोधपछि विद्यार्थीहरुले क्याम्पसभित्रै कोणसभा गरेर आन्दोलनको घोषणा गरेका छन् । भोलि कलेजमा तालाबन्दी र पर्सी त्रिभुवन विश्वविद्यालय घेराउको कार्यक्रम तय भएको अनेरास्ववियु त्रिचन्द्र क्याम्पसका सहसचिव गोविन्द थपलियाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
National/Online Media

0 Comments