Incident Reports

डेढ लाख रुपैयाँ घुस सहित प्राधिकरण कर्मचारी पक्राउ

2015-03-31

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण चन्द्रपुर शाखाका सुपर भाइजर उमेशकुमार यादवलाई घुस लिँदालिँदै पक्राउ गरेको छ। थ्री फेजको मिटर जडान गर्न ग्राहकसँग घुस लिएको डेढ लाख रुपैयाँ सहित यादवलाई चन्द्रनिगाहपुर स्थित होटल अल्पाइनबाट अख्तियारको टोलीले पक्राउ गरेको हो। यादवले स्थानीय रंगपुर गाविसमा सञ्चालित राहुल राइस मिलका सञ्चालक बैजु साहसँग थ्री फेज लाइन जडान गरे वापत दुई लाख भन्दा बढी रकम मागेका थिए। एक लाख ५० हजारमा सहमती भएअनुसार आज बिहान उक्त होटलबाट रकम बुझेर निस्कने क्रममा यादवलाई अख्तियारको काठमाडौंबाट आएको शाखा अधिकृत कृष्ण दहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो।

0 Comments