Incident Reports

सर्वोच्चको आदेश खारेज गर्नुपर्ने माग गर्दै ६ माओवादीको प्रधानमन्त्रीलाई ज्ञापन

2015-04-04

Bagmati, Kathmandu, Kathmandu

द्वन्द्वकालिन मुद्दामा आफमाफी नदिनू भनी सर्वोच्च अदालतले माघ १४ गते दिएको परमादेश शान्ति सम्झौताको भावना विपरीत भएको भन्दै एमाओवादीसहित ६ माओवादीले संयुक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य, नेकपा एकीकृतका महासचिव परि थापा, नेकपा (माओवादी) संयोजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापा र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेको ज्ञापन पत्र एमाओवादी अध्यक्ष दाहाले प्रधानमन्त्रीलाई केहीबेर अघि बुझाएका हुन् । ज्ञापन पत्रमा सर्वोच्च अदालतको परमादेश खारेज गर्नुपर्ने, द्वन्द्वकालिन मुद्दामा पक्राउ परेकाहरुलाई रिहाई गर्नुपर्ने, द्वन्द्वकालिन राजनीतिक मुद्दाहरु तत्काल फिर्तागर्नुपर्ने लगायत माग गरिएको छ ।

0 Comments

Related Reports