Incident Reports

स्थिति तनावपूर्ण भएपछि गौरमा कर्फ्यु जारी

2015-04-04

Madhes, Rautahat, Gaur

स्थिति तनावपूर्ण बनेपछि प्रशासनले दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजलेलले जानकारी दिएका छन्। यसबीच प्रदर्शनकारी र प्रहरीबीच भने झडप भइ नै रहेको छ। भाटासहितको ठूलो संख्यामा आएका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। प्रहरीहरु कार्यालयभित्रै लुकेर बसेका छन्। प्रहरीहरुले बचाउका लागि २० राउन्ड हवाइफायरसमेत गरेका छन्। प्रहरीले ज्यादती गरेको भन्दै गाउँगाउँबाट भाटा लिएर आइरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। गौरको बीपी चोकमा जारी झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको भ्यान जलाएका छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले २० सेल अश्रुग्यास प्रहार गरेको छ। प्रहरीका अनुसार ना२झ ५८२ नम्बझरको प्रहरी भ्यान जलाइएको छ। झडपका क्रममा प्रहरीले राजदेबी एफएमका संबाददाता दीपेन्द्र यादवलाई निर्घात कुटपिट गरेका छन्। उनलाई उपचारका लागि गौर अस्पताल लगिएको छ। शुक्रबार राति प्रहरी भ्यानबाट मृत्यु भएका राम आशिष ठाकुरको शव जिल्ला अस्पतालमै राखिएको छ। उद्योग वाणिज्य संघ रौतहटको अगुवाइमा बसेको बैठकले मृतकलाई शहिद घोषणा, क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुलाई निशुल्क उपचार गर्नुपर्ने माग अघि सारेको छ। संघले सरकारले शुक्रबार नापी तथा मालपोत शाखा विस्तार खारेजी गरेको निर्णयलाई स्वागतसमेत गरेको छ। संघले घटनाको उच्चस्तरीय छानबिन गठन हुनुपर्ने माग राखेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Curfew/prohibitory order issues by the state
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Youth Abducted 00
National/Online Media

0 Comments