Incident Reports

रौतहटमा भारतीय सीमाबाट नेपालतर्फ गोली चल्यो

2015-04-06

Madhes, Rautahat, Rajdevi

गौर आन्दोलन चलिरहेकै बेला सोमबार गौर नगरपालिका भन्दा ३ किलोमिटर पूर्व रहेको लक्ष्मीपुर बेलबिछवाको सशस्त्र प्रहरीको पोष्टमा भारतीय सीमा क्षेत्रबाट आक्रमण भएको छ । सशस्त्र प्रहरीको पोष्टमा स्थानियले ढुङ्गामुढा गरी पेट्रोल बम प्रहार गरेपछि झडप भएको थियो । झडपमा प्रहरीले लाठीचार्ज गर्दा ९ जना घाइते भएका छन् । बेलबिछवाका हुसेनी साह, नवल किशोर यादव, अशोक कुमार, उर्मिला देवी लगायत ९ जना घाइते भएका हुन् । झडप लगतै भारतीय सीमा क्षेत्रबाट नेपालतर्फ गोली चलेको छ । सशस्त्र प्रहरीको सीमा कार्यालयबाट झण्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको भारतीय गाँउ मसहा, नवरतना र मुसाचकका स्थानियहरुले नेपाल तर्फ फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय पक्षले २५ राउण्ड गोली प्रहार भएको स्थानिय प्रहरीले बताएका छन् । प्रहरी र सशस्त्र प्रहरीको सीमा चौकीमा रहेका प्रहरीले भने घटनाबारे प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरिक्षकहरुलाई जानकारी गराएरका छन् । सीमा पारीबाट भएको गोली प्रहारबारे भारतीय समकक्षीसँग कुराकानी भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । ‘गोली चलेको सुरक्षाकर्मीहरुले जानकारी गराएका छन्’ भुजेलले भने-‘दशगजा क्षेत्रबाट नेपाल तर्फ गोली चलाउने को हुन् भन्नेबारे छानबिन हुन्छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Riot
Weapons Blunt weapon , Light weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 9
National/Online Media

0 Comments