Incident Reports

चन्द्रनिगाहपुरमा आन्दोलन शुरु

2015-04-07

Madhes, Rautahat, Chandrapur

यता सरकारले दिएको सुबिधा पुन सरकारले खोसेको भन्दै चन्द्रनिगाहपुरमा चार दिनअघि देखि आन्दोलन शुरु भएको छ । चन्द्रनिगाहपुरबाट सेवा केन्द्रको सुबिधा खोसिएको भन्दै जन ज्योती क्याम्पसका विद्यार्थी आन्दोलित हुदै आएका थिए । चन्द्रनिगापुरस्थित लोकतान्त्रिक चौकमा रिले अनशन शूरु भएको छ । गएराति अनशनमा नेकपा माओवादीका जिल्ला इन्चार्ज एकराज थापा, होटल व्यवसायी संघ रौतहटका अध्यक्ष सुरेन्द्र सापकोटा, साहित्यकार हरिकृष्ण काफ्ले , दिद्यार्थी नेता सुमन गौतम र व्यापारी बिष्णु न्यौपाने बसेका छन । मंगलवार अनशनमा चन्द्रपुर नपा १ का नेपाली कांग्रेसका कार्यकर्ता भरत आचार्य, व्यापारी बिनोद गुप्ता, उद्योग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष बासुदेव अधिकारी, थारु कल्याणकारी संघ रौतहटका कोषाध्यक्ष जितेन्द्र चौधरी, एमालेका चन्द्रपुर नगर इन्चार्ज विनोद घिमिरे बसेका थिए । चन्द्रनिगाहपुर तथा गरुडा बजारमा सरकारी कार्यालयको सेवा केन्द्रका् माग गर्दै राजनैतिक दल, व्यापारी , नागरिक समाज , स्थानियबासी आन्दोलित भएका छन । रौतहटको क्षेत्र नम्वर ६ र ५ को १९ गाविसका जनतालाई सहज हुने गरी नापी र मालपोत सेवा केन्द्र चन्द्रनिगाहपुरमा राख्ने निर्ण्र्ााभए पनि सरकारले फिर्ता लिएको थियो । आन्दोलनकारीले चन्द्रनिगाहपुर चौकमा सांकेतिकरुपमा नापी र मालपोत कार्यालयको सेवा केन्द्र समेत खोलेका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations , Other private sectors , Tharu Organizations , Nepali Congress and affiliated org , UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments