Incident Reports

द्वन्द्व पीडितलाई थप दुई लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

2015-04-08

Bagmati, Kathmandu, Kathmandu

सरकारले सशस्त्र द्वन्द्वका पीडित परिवारलाई थप २ लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को चैत १३ गते बसेको बैठकले द्वन्द्वका क्रममा मारिएका र बेपत्ता पारिएका पीडित परिवारलाई दुई किस्तामा थप दुई लाख रुपियाँ दिने निर्णय गरेको हो । सरकारले गरेको निर्णय अनुसार द्वन्द्व पीडितहरूले यसअघि ३ लाख रुपियाँ पाइसकेको र भर्खरै थप २ लाख दिने निर्णय गरेकोले निर्णय कार्यान्वयनका लागि मन्त्रालयबाट पत्र आएपछि द्वन्द्व पीडितहरूलाई सो रकम प्रदान गरिने शान्ति तथा पुनःनिर्माण मन्त्रालय राहत तथा पुनःस्थापना इकाइका मुकुन्द पोखरेलले बताए । उनका अनुसार लगभग ११ देखि १२ हजार द्वन्द्वपीडित परिवारले सो राहत रकम पाउने छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलमा पत्राचार गरिसकेको शान्ति तथा पुनःनिर्माण मन्त्रालयका शाखा अधिकृत नरहरी घिमिरेले बताए । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय

0 Comments