Incident Reports

१४ जनालाई भ्रष्टाचारको मुद्दा

2015-04-10

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय आवास कम्पनी लिमिटेडका तत्कालिन महाप्रवन्धकहरु नरेश चौधरी र कृष्णदेव चौधरीसहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको योजना कार्यालय नवलपरासीको जग्गा नक्कली उपभोक्ता खडा गरि बेचेर ११ करोड भन्दा बढी भ्रष्टाचार गरेको अख्तियारले दावी गरेको छ ।कम्पनीको नाममा नवलपरासीको दाउन्नेदेवी गाविसमा रहेको जग्गा बेचेर तत्कालिन महाप्रवन्धकद्वय नरेश चौधरी र कृष्णदेव चौधरी सहित योजना प्रमुख नागेश्वर चौधरी, तत्कालीन कायममुकायम प्रमुख नारायणप्रसाद घिमिरे, तत्कालीन वरिष्ठ सहायक रत्नबहादुर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । यस्तै सब इन्जिनियर उमेशप्रसाद साह, वरिष्ठ सहायक हरिकृष्ण घिमिरे, तत्कालीन नायब सुब्बा खडानन्द तिवारी, गाविस सहायक विष्णुप्रसाद अर्याल तथा गाविस सचिव केशव तिवारी, मुद्दा दायर गरिएको छ । यसैगरी नक्कली जोतभोगकर्ता रामवृक्ष केवट, शोभाकर भुषाल, किंकरप्रसाद दुवे र अशोककुमार चौधरीमाथि पनि मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

0 Comments