Incident Reports

डाका आक्रमणमा पूर्व हवल्दारको मृत्यु, डेढ लाख रुपैयाँ र १० तोला सुन लुटियो

2015-04-12

Province 1, Jhapa, Bhadrapur

दक्षिण झापाको पृथ्वीनगरमा आइतबार मध्यरातमा डाका आक्रमणमा परेर एक जना स्थानीयबासीको मृत्यु भएको छ। राति पौने एक बजे २० जनाभन्दा बढीको संख्यामा आएको डाका समूहले गोली प्रहार गर्दा पृथ्वीनगर ८ निवासी ५० वर्षीय देवकुमार श्रेष्ठको मृत्यु भएको हो। पूर्व प्रहरी हवल्दार श्रेष्ठको घरमा प्रवेश गरेको डाका समूहले उनलाई गोली हानेपछि लुटपाट गरेको थियो। उनका परिवारका अन्य सदस्यमाथि पनि कुटपिट भएको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विश्वमणि पोखरेलका अनुसार किराना पसल चलाउँदै आएका श्रेष्ठको घरबाट १ लाख ८० हजार नगद र १० तोला सुन लुटेका छन्। डाका समूहले गाउँमा हवाइ फायर र बमसमेत विष्फोट गराएका छन्। गाउँमा आतंक छाएको छ। प्रहरीले घटनामा संलग्न भएको शंकामा केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Secondary Form Assault (large group)
Weapons Small arms , Improvised explosive device (IED)
Primary Cause Robbery/burglary/violent theft
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments