Incident Reports

सबैला घटनाको अनुसन्धान गर्न माग गर्दै बजार बन्द

2015-04-11

Madhes, Dhanusha, Sabaila

 विद्यालय व्यवस्थापन समितिको विषयमा सबैलामा भएको हत्याका घटनामा अनुसन्धान गर्न चैत २९ गते सबैला वासीहरूले हजारौको संख्यामा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । नेकपा माओवादीका अध्यक्ष मातृक प्रसाद यादवको नेतृत्वमा हजारौ संख्यामा आएका सबैला समाजका मानिसहरूले जनकपुर भरी नारा जुलुस लगाएका छन् । घटना भएको आज २१ औ दिन बिते पनि प्रहरीले घटनाको अनुसन्धानमा ठिला सुस्ती गरेको भन्दै सबैलाबासीहरूले सबैला बजार बन्द गरेका हुन् । नेकपा माओवादी अध्यक्ष मातृका प्रसाद यादव, एमाओवादी सभासद राम सिंह यादव, नेपाली काँग्रेसका विजय शंकर साह, एमालेका रामबलि साह सहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानालाई सबैला हत्या घटनामा संलग्नहरूको कानुनी दायरा ल्याउन र अनुसन्धानलाई तिव्रता दिनको लागि ज्ञापनपत्र बुझाएका छन् । डिएसपी कृष्ण प्रसाइले घटनाको गहिरो अनुसन्धान भइरहेको बताए । घटनाको आरोपितलाई अविलम्व गिरफ्तार नगरे कडा प्रतिकारमा उक्रने सभासद रामसिंह यादवले बताएका छन् । ०७१ चैत ८ गते सबैला नपा–१ स्थित मदन आश्रीत निमाविको चुनावको लागि भइरहेको छलफलमा एक्कासी योगनारायण यादव सहितका समुहको आक्रमणमा सबैला–१ का ४० वर्षीय रामसेवक राउत र रामसागर साह सख्त घाइते भएका थिए । उपचारको क्रममा राउतको मृत्यु भएको थियो र साहको नेपाल मेडिकल कलेज काठमाडौंमा उपचार भइरहेको छ । विनोद कुमार रविदास
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people More than 1000
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments