Incident Reports

वेवारिसे बम विष्फोट हुँदा दुईजना घाइते

2015-04-12

Lumbini, Dang, Banglachuli

 लोहरपानी–५ लाँपेमा वेवारिसे बम विष्फोट हुँदा सोही ठाउँका २१ वर्षीय सुरेन्द्र बुढा र १६ वर्षीय दिलबहादुर घर्ती घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार चैत्र २९ गते बेलुका बारीमा खर काट्ने क्रममा भेटिएको सकेट बम चलाउँदा बम विष्फोट भइ उनीहरू घाइते भएका हुन् । बम विष्फोटबाट सुरेन्द्रको हातको औँला र दिलबहादुरको आँखामा चोट लागेको प्रहरीले बताएको छ । घाइतेमध्ये दिलबहादुरको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ भने सुरेन्द्रलाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घाइते उपचारका लागि जिल्ला सदरमुकाम आए पछि घटना सार्वजनिक भएको हो । बम युद्धकालमा छाडिएको आशङ्का गर्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इन्सेक, दाङ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Weapons Improvised explosive device (IED)
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments