Incident Reports

शुल्क बृद्धिको विरोधमा अनिश्चितकालीन तालाबन्दी

2015-04-19

Sudurpashchim, Kailali, Ghodaghodi

कैलालीका चार विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाले वृद्धि गरेको शुल्क फिर्तालगायत बेतिथी अन्त्य हुनपर्ने माग राख्दै आइतबार कैलालीका निजी विद्यालय बन्द गरेका छन। बन्द गराउने क्रममा ४ बिद्यालयमा तोडफोड समेत गरिएको छ। वृद्धि गरेको शुल्क फिर्ता, अनुमति बिना संचालन भइरहका विद्यालयको खारेजी, शिक्षामा भएको व्यापारीकरणको अन्त्य लगाएतका माग राख्दै, निजी शिक्षण संस्था बन्द गरेको चार विद्यार्थी संगठनले जनाएका छन्।'शुल्क वृद्धि फिर्तालगायतका बेतिथी अन्त्यको माग राख्दै अनिश्चितकालीन निजी विद्यालय बन्द गरेका हौं,' अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणि भट्टले भने।शुल्क वृद्धि फिर्ता गर्नु पर्ने,अबैध खुलेका विद्यलाय बन्द गर्नु पर्ने तथा विभिन्न नाममा भइरहेको बेतिथी अन्त्य हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रेको उनले बताए। यसैबीच बन्दकर्ताले धनगढीका ४ स्कुलहरुमा तोडफोड गरेका छन। क्यास्पियन एकेडेमी, ज्ञान निकेतन, ग्यालेक्सी स्कुल र पायोनियर्स बोर्डिङ स्कुलमा तोडफोड गरेको कैलालीका प्रहरी उपरिक्षक बिक्रम चन्दले बताए। 'चार विद्यालयमा तोडफोड भएको छ,' उनले भने।विद्यालय बन्द गराउदै हिँडेका अनेरास्ववियु र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षलाई प्रहरीले प्रक्राउ गरेको छ। अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणि भट्ट र विप्लव पक्ष माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विरेन्द्र विकलाई प्रक्राउ परेका हुन। पक्राउ परेका परेका दुवै जना रिहा भइसकेको प्रहरी उपरिक्षक चन्दले बताए। विद्यार्थी संगठनले मागको सुनुवाई नभए कडा संघर्ष गर्ने चेतावनी दिएका छन।शिक्षामा मौलाएको व्यापारीकरणको अन्त्य गरी सरकारी शिक्षाप्रति बिद्यार्थीको आकर्षण बढाउने योजनासहित निजी विद्यालयमा हडताल सुरु गरेको बिद्यार्थी संगठनको भनाइ छ।कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले बिद्यार्थी सँगठनले गरेको अनिश्चिकालीन तालावन्दीको निकासका लागि बिद्यार्थी सँगठन र सम्बन्धित निकायसँग छलफल भइरहेको बताएका छन।कैलालीका संस्थागत निजी विद्यालयमा शैक्षिक सत्र २०७२ देखि लागु हुने गरी बृद्धि गरिएको मासिक ३० प्रतिशत शिक्षण शुल्क बृद्धि गरिएको थियो। विद्यार्थीको बिरोध पछि बैशाख १२ गतेसम्मका लागि स्थगित गरिएको थियो। स्थगित गरिएपनि निजी विद्यालयका संचालक बृद्धि गरेको शुल्क घटाउने पक्षमा नरहेको देखिएपछि तालावन्दीमा उत्रेको बिद्यार्थी नेताले बताएका छन। .................................................. जि.सि.का कंचनपुरको लेखा फाँटमा तालाबन्दी यथावत यसैगरी आर्थिक पारदर्सिताको माग गर्दै बिद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण जिल्ला शिक्षा कार्यलय कंचनपुर को लेखा फाँट आज पनि ठप्प रहेको कुरा कोक्याप क्षेत्रीय कार्यलय कंचनपुरले जनएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 4
National/Online Media

0 Comments