Incident Reports

सञ्चारकर्मी सिंह हत्याको मुख्य योजनाकारलाई जन्म कैद

2015-04-23

Madhes, Dhanusha, Janakpur

 पत्रकार उमा सिंहको हत्या भएको आठ वर्षपछि सो हत्याको मुख्य योजनाकार रहेको स्वामीजी भनिने उमेश यादवलाई आज जिल्ला अदालत धनुषाले जन्म कैदको फैसला सुनाएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कृष्णबहादुर थापाको इजलासले यादवलाई हत्याको दोषी ठहर गर्दै उक्त फैसला गरेको हो ।तराई एकता परिषद् नामक सशस्त्र सङ्गठन निर्माण गरेका यादवले सिंहको २०६५ साल पुस २७ गते आफ्नै डेरामा खाना पकाइएरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । जनकपुर उप महानगरपालिकाको रजौलस्थित घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको थियो । सिंहको हत्यापछि उमेश फरार भएर विभिन्न स्थानमा लुक्दै आएका थिए । प्रहरीले करिब एक वर्षअघि उमेशलाई पश्चिम धनगढीको गौरिफेन्टा भन्ने ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ गरेपछि उमेशलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई पुर्वपक्षको लागि थुनामा पठाइएको थियो । सोही मुद्दामा सुनवाई गर्दै अदालतले आज उनलाई जन्मकैदको आदेश दिएको हो । सो घटनामा संलग्न रहेको उमा सिंहको भाउजु ललितादेवी सिंह र उमेश यादवको सहयोगीको भूमिका खेलेका नेमलाल पासवानलाई यसअघि नै अदालतले जन्मकैदको आदेश गरेको थियो । उनीहरू अहिले महोत्तरी र सिरहा कारागारमा कैदी जिवन बिताइरहेका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments