Incident Reports

जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

2015-04-23

Karnali, Jajarkot, Kuse

 चैत्र १४ गतेदेखि जाजरकोट जिल्लामा महामारीको रूपमा फैलिएको मौसमी रुघाखोकी तथा स्वाईनफ्लुबाट थप एक जनाको मृत्यु भएको छ । बिहीबार मौसमी रुघाखोकीबाट ढिमे –५ खुर्पाका ५५ वर्षीय चमारो रावलको मृत्यु भएको छ । यससँगै जाजरकोटमा महामारीको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । पाँच दिनदेखि रुघाखोकी र ज्वरो आउने समस्याले पीडित भएका रावलको उपचार अभावमा वैशाख १० गते मृत्यु भएको स्थानीय दीपबहादुर बिष्टले बताए । महामारीबाट निकै प्रभावित पैंक, अर्छानी र टालेगाउँ गाविससँग सिमाना जोडिएको ढिमेमा सरेको महामारीका कारण करिब एक सय ८० भन्दा बढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत एक हप्तादेखि ढिमेमा समेत महामारीको लक्षण बढेको देखिन्छ । यसैबीच महामारी नियन्त्रणका लागि सरकारी तथा अन्य विभिन्न निकायहरुको पहलमा जिल्लाका प्रभावित १५ गाविसका १८ वटा स्थानमा शिविर संचालनका लागि २९ जना विशेषज्ञ चिकित्सक र अन्य करिब ४० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । त्यसैगरी शिविरमा डाक्टरहरुले हाल सम्म करिब ७ हजार बिरामीको उपचार गरिएको जनाइएको छ । जनताप्रति उत्तरदायी बन्न मुख्य सचिवको निर्देशन जाजरकोटमा गत चैत्र १४ गते देखि महामारीकोरूपमा फैलिएको स्वाईनफ्लुबाट २९ जनाको ज्यान गएपछि प्रकोपको विषयमा अनुगमनका लागि नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले बिहीबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई निजामती कर्मचारीले जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिँदै आफुलाई चित्त बुझेन भन्दै आफ्नो दायित्व तथा जनताकोसेवा पाउने अधिकारलाई बन्चित गराउन नहुने बताएका छन् । दिनेशकुमार श्रेष्ठ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Killed 29
INSEC

0 Comments