Incident Reports

मृत्यु हुनेको संख्या ४ हजार ३ सय १० पुग्यो

2015-04-28

Bagmati, Kathmandu, Kathmandu, Ward 10

शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार ३ सय १० पुगेको छ । गृहमन्त्रालयका अनुसार ७ हजार ९ सय ५३ जना घाइेत छन्। उद्दारका लागि सरकारले गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेमा र ललितपुरमा राहात तथा उद्धारका लागि १२ हेलिकोप्टर परिचालन गरेको मन्त्रालयले जनाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकमा सबैभन्दा बढी १ हजार १ सय ८२, काठमाडौंमा ९ सय २९, भक्तपुरमा २ सय ४१ र ललितपुरमा १ सय ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै अन्य प्रभावित जिल्लाहरु गोरखामा २ सय २३ जना, नुवाकोटमा ४ सय ४८ जना, धादिङमा ३ सय ३, रसुवामा १ सय ५१ जनको मृत्यु भएको छ।

0 Comments