Incident Reports

स्याङ्जाका भुकम्प पीडितले अझै राहत पाएनन्

2015-05-07

Gandaki, Syangja, Waling

२५ अप्रिल मा राष्ट्रमा गएको विनाशकारी भूकम्पको १२ दिन पछि पनि स्याङ्जामा भूकम्प पीडितको सहयोग प्राप्त हुन सकेको छैन। नेपाल सरकारले देशभर भूकम्प पीडितलाई राहत सामग्री उपलब्ध गराउने आश्वासन दिए पनि स्याङ्जाले अहिलेसम्म राहत पाएको छैन। पीडितहरू स्थानीय स्तरमा मात्र राहत सामग्रीका साथ बाँच्दै आएका छन्। मुख्य पीडित अधिकारी इन्दु घिमिरेले भने, "सरकारले हामीलाई यस्तो व्यवहार गरिरहेको छ कि भूकम्पले स्याङ्जा जिल्लालाई मानौं भूकम्पले छोएको छैन।" 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तयार पारेको प्रतिवेदन अनुसार २,०४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् र ९४७८ घरहरुलाई आंशिक क्षति पुगेको छ। प्रहरी निरीक्षक इन्द्र सुवेदीले उक्त  शक्तिशाली भूकम्पमा छ व्यक्ति घाइते  भएको जानकारी दिए। उनले अगाडि भने कि ७५०० मानिस घरबारविहीन भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले  ९७३ समूहलाई तिरपाल वितरण गरेको जानकारी प्राप्त भएको छ।

0 Comments