Incident Reports

प्रहरीको सवार्धिक खोजीमा रहेका मण्डेला फाईरिङ गर्दै भागे

2015-05-08

Province 1, Taplejung, Sidingba, Ward 4

प्रहरीको सर्वाधिक खोजीको सुचीमा रहेका ताप्लेजुङका एक व्यक्ति प्रहरी घेरालाई तोड्दै भागेका छन् । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङ सावा दुईका मण्डेला लिम्बू प्रहरीलाई नै गोली प्रहार गर्दै भागेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । फुङलिङबाट एक दिनको पैदल दुरीमा रहेको सावा गाविसमा पुगेको प्रहरीले बिहान ५ बजे नै मण्डेलाको घर घेरेको थियो । घर घेरेको सुइँको पाएका मण्डेला फायरिङ गर्दै घरको माथिल्लो तलाबाट फाल हानेर भागेको प्रहरीले जनाएको छ । पक्राउका लागि पटक पटक गरिएको प्रयास विफल भएको प्रहरीले जनाएको छ । मण्डेलाले गाउँमा हिंसा आतंक मच्चाएर गोठतिर भाग्ने गरेको स्थानीयको गुनासो छ । लिम्बुले स्थानीय राम तामाङको २०६६ साल माघ १५ गते विवाह भोजमा हत्या गरेका थिए । उक्त हत्यामा दोषी रहेको अदालतले ठहर गरेपनि उनलाई पक्राउ गर्न सकिएको छैन् । भौगोलिक विकटताका कारण उनलाई पक्राउ गर्न नसकिएपनि नयाँ तरिकाबाट चाँडैनै पक्राउ गर्ने उपरिक्षक कोइरालाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people More than 10
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments