Incident Reports

बन्दुक भेटेपछि मुद्दा

2015-05-12

Bagmati, Dolakha, Bigu

महाभूकम्पले भत्काएको घरको सामान झिक्ने क्रममा सेनाले बन्दुक भेटेपछि बुलुङ ८ का एक वृद्धले मुद्दा खेप्नुपरेको छ । खोजी र उद्धारमा खटिएको सेना र प्रहरीको टोलीले ७४ वर्षीय दिलबहादुर खड्काको घरमा थ्री नट थ्री राइफल भेटेको हो । प्रहरीले चलाउने राइफलसहित पक्राउ परेका खड्कालाई हातहतियार खरखजाना ऐन २०१९ अन्तर्गत मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक अजय केसीले बताए । उक्त राइफल द्वन्द्वकालमा भण्डारण गरिएकाले वृद्ध निर्दोष भएको एमाओवादी नेता विशाल खड्काले बताए । आरोपी दिलबहादुरले अन्न भण्डार भएको ठाउँमा कहिलेदेखि बन्दुक थियो भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् ।

0 Comments