Incident Reports

गुल्मीको तम्घासमा सकेट बम भेटियो

2015-05-12

Lumbini, Gulmi, Resunga

गुल्मीको सदरमुकाम तम्घास स्थित जिल्ला कृषि विकास कार्यालय परिसरमा एक थान सकेट बम फेला परेको छ। कृषि विकास कार्यालय परिशरमा मंगलवार विहान कम्पाउण्ड वाल लगाउनकालागि खन्ने क्रममा उक्त वम फेला परेको हो । वेवारिसे अवस्थामा फेला परेको उक्त वमलाई डिस्पोजल गराउनका लागि जिल्ला प्रहरी कर्यालय गुल्मीले नेपाली सेनालाई खवर गरि सकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठले वताएका छन् । फेला परेको वमलाई यतिवेला प्रहरीले सुरक्षा घेराभित्र राखेर मानिसहरुलाई वमको नजिक जान रोक लागएको छ। जिल्ला प्रहरी कार्यालय परिशसँगै जोडिएको जिल्ला कृषि विकास कार्यालयमा फेला परेको उक्त सकेट वम द्वन्दको समयमा सुरक्षाकर्मिले राखेको हुनसक्ने अनुमान गरिएको छ।
National/Online Media

0 Comments