Incident Reports

त्रिपाल माग्दै नगरपालिका घेराउ

2015-05-13

Bagmati, Sindhuli, Kamalamai

लगातार ठुला भूकम्प आउन थालेपछि स्थानीय त्रसित बन्दै त्रिपालको माग गर्न थालेका छन् । बुधबार त्रिपालको माग गर्दै सदरमुकाम सिन्धुलीमाढीको कमलामाई नगरपालिको कार्यालय घेराउ गरेका हुन् । बैशाख १२ र १३ गते गएको भूकम्पबाट जनजिवन सामान्य बन्न नपाउदै मंगलबार अर्को ठुलो भूकम्प गएपछि स्थानीयले त्रिपालको माग बढाएका हुन् ।'हामीलाई अब घरलौरी त्रिपाल चाहिन्छ, कुनै पनि घर बस्न सक्ने अवस्थाका छैनन्,' कमलामाई नगरपालिका–७ का रामबहादुर वाइवाले भने, 'जनताको कर बाट चलेको नगरपालिकाले त्रिपाल दिन सक्नुपर्छ ।' एउटा त्रिपाल दिएर चार परिवार बस्ने हामी भेडाबाख्रा होइनौ, नगरपालिकाले दिन सक्दैनभने बजार सहज रुपमा खुलाओस्, हामी पलाष्ट्रिक किनेर ओत लाग्छौ ।' नगरपालिकाले भूकम्प आउन नपाई व्यपारी र धनी बर्गलाई तत्काल त्रिपाल उपलब्ध गराएपनि सर्वसाधारण जनतालाई दिन नसकेको पीडितहरुको गुनासो छ । सयौको सङख्यामा नगरपालिकाको गेट अगाडी घेराउका लागि बसेका स्थानीयले दिउसो सम्म नगरपालिका कार्यालयलाई तनाबग्रस्त बनाए । सचिवले पक्षपात गरेर कुनै घरमा दुई चार ओटा सम्म दिएको स्थानीयले आरोप लगाएका छन् । दुई साता अगाडी आएको भूकम्पबाट बचेका सम्पुर्ण घरधुरी मंगलबारको भुकम्पले क्षतिग्रस्त भएका छन् । मंगलबारको भूकम्पले मझुवा–३ गैरीगाउकी ३६ वर्षीया इश्वरी खतिवडा र नेत्रकाली–८ का ७५ वर्षीय मानबहादुर वाइवाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामकुमार महतोले जानकारी दिए । दुई साता अगाडीको भूकम्पले मेरो घरमा सामान्य क्षति पु¥याएको थियो, तर हालको भूकम्पले क्षत विक्षत बनाएको छ,' कमलामाई नगरपालिका–४ का शिवनारायण घिसिङले भने । घेराउ गर्न आएका स्थानीयलाई नगरपालिकाका कर्मचारी उज्जवल विक्रम थापाले त्रिपाल नगरपालिकामा नभएको र त्रिपाल आउनसाथ घरघरमै गएर दिने आश्वासन दिए । बैशाख १२ गतेको भुकम्पमा परी ११ जनाको मृत्यु भएको थियो भने २५ हजारमाथि घरहरु पुर्ण क्षति ग्रस्त भएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people More than 50
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments