Incident Reports

राहतमा गडबड गरे जेल : प्रधानमन्तरी

2015-05-14

Bagmati, Kathmandu, Kathmandu

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको निमित्त आएको राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई जेल हाल्ने बताएका छन् । राष्ट्रिय सहकारी संघका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइएको सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । संघे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैया योगदान गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रम संघका अध्यक्ष केशव बडालले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री कोइरालाले नेपालीहरुमा एकर्कालाई विपद् पर्दा गाँस काटेर सहयोग गर्ने सुसंस्कार रहेको उल्लेख गर्दै भूकम्पले मुलुकमा ल्याएको विपद्को सामना गर्न संघ लगायत नेपाली संस्थाहरुले गरेको सहयोगको प्रशंसा गरे । कोइरालाले पीडितहरुका लागि आएको राहतको रकम खानु अपराध भएको टिप्पणी गरे ।

0 Comments