Incident Reports

प्रहरीले व्यापारीलाई पाल बाँडेको भन्दै चौकीमा ढुंगामुढा

2015-05-15

Nepal

राजधानीको थलीमा राहतको पाल प्रहरीले व्यापारीलाई बिक्री गर्न दिएको भन्दै स्थानीय वासिन्दाले प्रहरी चौकी थलीमा ढुंगामुढा गरेका छन्। स्थानीय जैसवाल ईन्टरपाईजेजका व्यापारी गणेश जैसवालले महँगोमा पाल बिक्री गरेपछि स्थानीयले कालोबजारी गरेको भन्दै कुटपीट गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको थियो। जैसवाललाई बुधबार पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बौद्धमा लैजाने क्रममा स्थानीयले प्रहरीमाथि नै जाईलागेका थिए। प्रहरी चौकी थलीका तत्कालीन ईन्चार्ज प्रहरी नायब निरिक्षक मधु अर्यालले राहतको पाल जैसवाललाई बिक्री गर्न दिएको आरोप स्थानीयको छ। स्थानीयले केरकार गरेपछि जैसवालले जोरपाटीबाट प्रहरीले दिएको स्वीकार गरेको जानकारी थलीका शिव वस्नेतले दिए। तर, प्रहरीले भने स्थानीयको आरोप झुटो भएको दावी गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरहरी रेग्मीले पाल नपाएको आवेगमा प्रहरीमाथि झुटो लान्छना लगाएको दावी गरे। उनले भने,' प्रहरीले धेरै संयम अपनाएको हो, जैसवालले कालोबजारी गरेको आरोपमा हामीले पक्राउ गरेर कार्यालयमा ल्याउन खोज्दा समेत स्थानीयले ढुंगामुढा गरे, यस्तो विपद्मा प्रहरीले राहतको पाल बिक्री गर्छ भन्नु मुर्खता हो, डिएसपी रेग्मीले भने। व्यपारी जैसवालले दुई हजार पर्ने पाल ३५ सय सम्ममा बिक्री गर्दै आएका थिए। कालोबजारी अन्तर्गत कारबाही गर्न उनलाई प्रहरी वृत्त बौद्धमै राखिएको छ। थलीमा कार्यरत सई अर्याललाई बुधबारै सरूवा गरिएको छ। डिएसपी रेग्मीले भने सई अर्यालको घर भत्कीएकाले उनालाई केही दिन ' रिलिफ' दिनका लागि उनको स्थानमा अर्का सई पठाईएको दावी गरे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the delivery of non-government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments