Incident Reports

राहत माग्दा प्रहरीको हातपात गाउँलेद्धारा प्रहरीचौकी घेराउ

2015-05-15

Bagmati, Nuwakot, Belkotgadhi

 राहत वितरणको विषयमा बुझ्न गएका स्थानीयबासीमाथि प्रहरीले हस्तक्षेप गर्दा बागेश्वरी गाविसमा तीन जना घाइते भएका छन् । बिहिबार राती बागेश्वरी गाविसमा राहत लिएर गएको विषयमा वडा नं. ७ र ९ मा राहतको विषयमा कुरा गर्न गएका स्थानीयबासीहरुमाथि बागेश्वरी प्रहरी चौकीका जवानले आफूहरुमाथि कुटपिट गरेको पीडितहरुले बताएका छन् । प्रहरीको कुटाइबाट बागेश्वरी गाविस वडा नंं ७ का सहदेव सापकोटाको दाँत भाँचिएर ओठमा टाँका लगाउनुपर्ने गरी घाइते भएका छन् । यस्तै जीतबहादुर खलेको आँखामा चोट लागेको छ भने भरत तामाङको दाइने खुट्टामा चोट लागेको छ । स्थानीय एक नेपाली कांग्रेसको नेतृत्व तहमा रहेका व्यक्तिको निर्देशनमा प्रहरीले आफूहरुमाथि दमन र अत्याचार गरेको पीडित सहदेव सापकोटाले जानकारी दिए । राहतको विषयमा एक कांग्रेसका जिल्लास्तरीय कार्यकर्तासहितको प्रहरी टोलीसँग सोधपुछ गर्ने क्रममा प्रहरीले सर्वसाधारणमाथि अत्याचार गरेको स्थानीयबासीहरुले बताएका छन् । सो विषयमा शुक्रवार रातभर बागेश्वरी प्रहरी चौकी क्षेत्रमा तनाव भएको थियो । प्रहरीको अत्याचारपछि स्थानीय गाउँलेहरुले प्रहरी चौकी घेराउ गरी घाइतेहरुको उपचार र दोषीमाथि कारवाहीको माग गर्दै रातभर नाराबाजी गरेका थिए । यसैवीच, एकीकृत नेकपा माओवादीका जिल्ला सचिव पुष्ण लामिछानेले जिल्लाभर राहत वितरण कार्यक्रम पारदर्शी र न्यायोचित बनाउन स्थानीय प्रशासनसँग माग गरेका छन् । जिल्लाका कतिपय स्थानहरुमा राहत वितरणमा पहुँचवाला र गुण्डागर्दी शैली देखिएकाले यसलाई सच्याएर सबै प्रभावित व्यक्तिको घरसम्म राहत पु¥याउन आग्रह गरेका छन् । उनले जिल्लाका अधिकांश स्थानमा राहत वितरणमा केही टाठापाठा व्यक्तिहरुको पहुँचको आधारमा कतै खातैखात र कतै एक पटक पनि राहत पुग्न नसकेको जनाउँदै वास्तविक पीडितसमक्ष राहत पुग्नुपर्ने बताए । उनले बागेश्वरी गाविसको वडा नं. ७ र ९ मा अहिलेसम्म कुनै पनि राहतका कार्यक्रम पुग्न नसकेको बताउँदै राहतको विषयमा बुझ्न आएका सर्वसाधारणमाथि केही टाठाबाठाको निर्देशनमा प्रहरी टोली नै परिचालन भएर घटाइएको अमानवीय व्यवहारले पार्टीलाई स्तब्ध बनाएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments