Incident Reports

पराकम्पनमा मृत्यु हुनेको सं‌ख्या १ सय १७ पुग्यो

2015-05-14

Bagmati, Kabhrepalanchok, Bethanchowk

२९ गते आएको शक्तिशाली पराकम्पनको धक्काबाट १ सय १७ को मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पराकम्पनको धक्काबाट घाइते हुनेको संख्या २ हजार ७ सय ६० पुगेको छ। बैशाख १२ को भूकम्पको क्षतीझै पराकम्पनले मध्यक्षेत्रमा सबैभन्दा धेरै मानवीय क्षती पुर्‍याएको छ। मध्यक्षेत्रमा ९९ जनाको मृत्यु भएको पुष्टी भएको छ। उपत्यकामा ११ जनाको ज्यान गयो। पूर्वमा ४ र पश्चिम ३ जनाको मृत्यु भएको प्रधान कार्यालयले जानकारी दिएको छ। पराकम्पनमा भएको भागदौड र भग्नावशेषमा पुरिएर सबैभन्दा धेरै राजधानीमा घाइते भए । काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ७ सय ३९ जना घाइते भएका छन्। मध्य क्षेत्रमा ७ सय ८९, पूर्वमा १ सय १६, पश्चिममा १ सय ५ र मध्यपश्चिममा ११ जनाको ज्यान गयो। बैशाख १२ गएको विनाशकारी भूकम्पबाट जोगिएको सुदुरपश्चिम क्षेत्र शक्तिशाली पराकम्पनमा पनि सुरक्षित रह्यो। भूकम्प र पराकम्पनको धक्काबाट त्यहाँ कुनै मानविय क्षती भएन। श्रृंखलाबद्ध पराकम्पनले पहिलो भुुकम्पमा चर्किएका घरहरु भत्काएको थियो। २९ गतेको पराकम्पनले ५ हजार ५ सय घरमा क्षती पूर्‍याएको छ। प्रधान कार्यालयका प्रवक्ता कमलसिंह बमका अनुसार २ हजार २ सय ३३ घर पूर्णरुपमा भत्किए भने ३ हजार २ सय ६७ घरमा आंशिक क्षती पुगेको छ। बैशाख १२ गते आएको भुकम्पमा परी मारिनेको संख्या ८ हजार २ सय २ पुगेको प्रहरी प्रधान कार्यालयले पुष्टी गरेको छ। जसमध्ये ८ हजार १ सय ४४ को शब प्रहरीले आफन्तलाई बुझाइसकेको छ। २२ वटा शबको पहिचान हुन सकेको छैन। सो घटनामा १७ हजार ८ सय ७० जना घाइते भएका छन्। घाइतेमध्ये ४ हजार ५ सय ७१ जना उपचारमै छन् भने अन्य उपचारपछि घर फर्किएका छन् । भूकम्पबाट २ लाख २ हजार १ सय ५७ वटा घर पूर्णरुपमा ध्वस्त भएको र २ लाख १४ हजार घरमा क्षती पुगेको पुष्टी भएको छ।

0 Comments