Incident Reports

कालोबजारी गर्ने पाँच जना प्रहरीको फन्दामा

2015-05-15

Bagmati, Kathmandu, Kathmandu

भूकम्पको फाइदा उठाउँदै कालोबजारी गर्दै उपभोक्ताबाट अत्यधिक मूल्य असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । वास्तविक मूल्यभन्दा अत्यधिक बढी मूल्य लिई त्रिपाल बिक्रीवितरण गर्ने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–१३ स्थित खतिवडा फेन्सी पसलका सञ्चालक उद्धव खतिवडा र सोही ठाउँस्थित आचार्य स्टोर्सका सञ्चालक अच्यूतप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । एक हजार २६५ रुपैयाँमा खरिद गरेको त्रिपाल दुई हजार ५०० मा बिक्रीवितरण गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी ‘रेडबुल’ र ‘रेडस्टर’ पेय पदार्थ अत्यधिक मूल्य लिई बिक्रीवितरण गर्ने नयाँ बसपार्क नजिक खुद्रा पसल गरी बस्ने अर्घाखाँची चिनडाँडा–५ का २९ वर्षीय पदमबहादुर केसी, दोलखा सुनरावती–१ का ३१ वर्षीय गणेशप्रसाद सिवाकोटी र सोही ठाउँ बस्ने अर्घाखाँची कागतीटार–४ का ३२ वर्षीय कुलप्रसाद न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले रु ८० पर्ने रेडबुललाई ९० रुपैयाँ र रु ६५ पर्ने रेडस्टारलाई ८० रुपैयाँमा बिक्रीवितरण गरेको पाइएपछि महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments