Incident Reports

राहत नपाएको गुनासो

2015-05-15

Province 1, Sankhuwasabha, Khandbari, Ward 8

 वैशाख १२ गते र २९ गते गएको विनासकारी भूकम्पमा क्षति पुगी घरबारविहीन बनेका पीडित परिवारले अझै सम्म पनि राहत नपाएको गुनासो गरेका छन् । भूकम्प आएको २० दिन पुग्न लागे पनि त्रिपाल समेत शहरमै वितरण गरेको गाउँ क्षेत्रमा हेर्न सरकारी प्रतिनिधि कोही नआएको गुनसो गरेका हुन् । दुर्गम मकालु गाविस मा भने हालसम्म सरकारी प्रतिनिधि कोही पनि नआएको भन्दै पीडितले कुनै पनि राहत नपाएको स्थानीय शिक्षक असोक चापागाईले बताए । यता खाँदबारी नपा-८ स्थित संगम टोल बिकास संस्थाका अध्यक्ष टेकबहादुर मगरले भने भूकम्प पीडितातिको क्षतिमा पूर्णमा सिफरिस भए पनि आंशिकमा लेखिएको भन्दै राजनितीकरण नगरी दुरुस्त गर्न माग गरे । खाँदबारी-७ वडा नागरिक मञ्चकी अध्यक्ष पवित्रा दाहालले भने राहत र सेवासुविधा शहरमा केन्द्रीत भएकाले गाउँमा पनि चासो दिन माग गरे । उनीाति आजसम्म केही पनि नपाएको खुल्ला आकाशमा सुत्न बाध्य भएको बताए । फोन गरेर प्रशासनलाई जानकारी गराई पाल माग्दा कुन पार्टिको भनेर सोध्ने गरेको समेत आरोप लगाए । वैशाख १२ गतेको भूकम्पले जिल्लामा नौ सय २३ घर पूर्ण क्षति र एक हजार आठ सय २२ घर आंशिक क्षति भएको छ । जसमा जोखिमपूर्ण अवस्था रहेको १६ वटा घर भत्काइ सकिएको दैविक प्रकोप उद्धार समितिले जनाएको छ । १ सय ५० सरकारी कार्यालय, विद्यालय, संघसंस्थामा क्षति पुगेको थियो तर यो विवरण भन्दा बढी घरमा क्षति पुगेको स्थानीयबासीतिले बताएका छन् । घर पूर्ण क्षति भएर खुल्ला आकाशमा बस्न बाध्य भएको भन्दै आज सम्म पनि पाल समेत नपाएको गुनासो पोख्दै खाँदबारी नपा-७ का स्थानीयबासी । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments