Incident Reports

समान रुपले राहत वितरण नभएको भन्दै गाविस सचिवमाथि स्थानीयद्वारा हातपात

2015-04-12

Gandaki, Gorkha, Gorkha, Ward 6

गोरखा गाँखु गाविस सचिवमाथि स्थानीयले कुटपिट गरेका छन् । वैशाख २९ गतेको भुकम्पको केही घण्टा पछि गाँखुका वडा नम्बर ५ का स्थानीयले गाविस सचिव अचला आर्चाय माथि हातपात गरेको गाविस सचिव आचार्यले बताईन् । प्रहरीको घेराभित्र रहेकी गाविस सचिवलाई स्थानीयले हातपात गर्नुका साथै चप्पलले प्रहार गरेको आचार्यले बताइन् । स्थानीयले आफुहरुलाई अपेक्षा गरे अनुसारको राहत नदिएको भन्दै आफूमाथि जाई लागेको गाविस सचिव आचार्यले बताइन् । उनले प्रहरी कार्यालयमा १०/१२ जनाको किटानीसहित ठाडो उजुरी हालेकी छिन् भने आज प्रहरी कार्यालयमा जाहेरी दिँदै छिन् । उनले भनिन्, हाम्रो गाविसमा भुकम्पबाट प्रभावित भएकाहरुलाइ राहत वितरण पनि गरिसकेको थिए तर मलाई एकाएक सुनीयोजित ढंगबाट ममाथि कुटपिट भयो । मानसिक रुपमा समेत गाविसमा गएर काम गर्न नसक्ने अबस्थामा रहेको बताउँदै गाविस सचिव आचार्यले दोषी उपर तत्काल कडा भन्दा कडा कार्रवाहीको माग समेत गरेकी छिन् । गाँखु गाविसमा ७ सय ७३ घर धुरी मध्ये भूकम्पबाट १२ जना घाइते भएको करीब ९० प्रतिशत जसो घरहरुमा क्षति पुगेको उनले बताइन् । भुकम्पबाट सो गाविसमा हालसम्म कुनै व्यक्तिको मृत्यु भएको छैन । मानव अधिकार हनन् भएको बताउँदै गाविस सचिव आचार्यले सुनीयोजित ढंगले गाँखु ५ का स्थानीयले आफु माथि कुटपिट गरेको आरोप लगाइन् । गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धत तिमिल्सिनाले सरकारी कर्मचारी माथि दुव्र्यवहार गर्ने उपर कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । आफुहरुलाई राम्रोसंग राहत वितरण नभएकोले गाविस सचिवलाई माग गर्दा सुनुवाई नगर्दा केहि युवाहरु आक्रोषित भएको एक स्थानियले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Secondary Form Other violent form
Weapons Other
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments