Incident Reports

बाढीको कारण सुनसरीको जनजीवन प्रभावित

2015-05-21

Province 1, Sunsari, Ramdhuni

सुनसरीको विभिन्न नदी खोलामा आएको बेमौसमी बाढीका कारण केही क्षेत्र डुबानमा परेको छ । बाढीको कारणले सुनसरीको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लाको सुनसरी खोलामा रहेको एउटा बाँसको पुलसमेत बगाएको छ । बाँसको पुल बाढीले बगाएपछि जिल्लाको नरसिंह र रामनगरभुटाहा गरी दुई गाविसको सम्पर्कबिच्छेद भएको स्थानीयले बताएका छन् । नरसिंह र रामनगरभुटाहा जोड्ने सुनसरी खोलाको बाँसको पुल बुधबार मध्याह्न आएको बाढीले बगाएको कारण आवतजावत गर्न बन्द भएको छ । दुवै गाविसका बीचमा रहेको बाँसको पुल (चचरी) भाँच्चिएको र बगाएकाले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय रवीन्द्र मण्डलले जानकारी दिए। सुनसरी खोलामा अचानक आएको बाढीले बाँसको पुल बगाएपछि स्थानीय १० किलोमिटरको दूरीको अर्को बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय रामलोचन मण्डलले बताए । जिल्लाको बूढी खोला, गडन खोला, टेग्रा खोला, धानउष्णा खोला, सेउती खोला र सुनसरी खोलालगायतका आधा दर्जन खोलानाला र नदीमा बाढी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

0 Comments