Incident Reports

आधुनिक हतियारसहित दुई भारतीय पक्राउ

2015-05-23

Madhes, Parsa, Birgunj, Ward 2

वीरगन्जको नयाँ बसपार्कस्थित लुम्बिनी होटलबाट प्रहरीले गएराति एक थान पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारत विहारको सिवान जिल्ला रामनगर बस्ने २७ वर्षीय प्रवीण सिंह र २८ वर्षीय मुकुल सिंहलाई एक थान आधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोलीसहित नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी होटलका कर्मचारीलाई हतियार देखाई डर त्रास देखाएको सूचनाका आधारमा खटिएको प्रहरीले प्रवीण सिंहबाट ‘मेडइन युएसए’ लेखिएको पेस्तोल बरामद गरेको हो । जिप्रका पर्साका प्रहरी उपरीक्षक दिवेश लेहनीका अनुसार हतियारसहित पक्राउ गरिएका भारतीय नागरिकद्वय आपराधिक घटना र भारतीय आपराधिक समूहसँग संलग्न भए/नभएको बारेमा अनुसन्धान भइरहेको छ । अहिले उनीहरुलाई जिप्रका पर्सामा राखिएको छ । रासस

0 Comments