Incident Reports

यातायात व्यवसायीद्वारा कोहलपुर इप्रका घेराउ

2015-05-25

Lumbini, Banke, Kohalpur

यातायात व्यवसायीले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन्। नमस्ते नेपाल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले सोमबार बिहानै देखि ईप्रका घेराउ गरेका हुन्। शुक्रबार बेलुका कोहलपुरमा नमस्ते नेपाल यातायात समितिको भे१ज ५९९ नम्बरको म्याजिक भ्यान र कृष्णसार यातायात समितिको ना४ख ६११३ नम्बरको बस ठोक्किएका थिए। त्यसक्रममा म्याजिकमा सवार तीन जना घाइते भएका थिए। त्यसपछि दुवै समिति बीच विवाद हुँदै आएको छ। गलत साइडमा आएर बसले ठक्कर दिएको भन्दै नमस्ते नेपाल यातायात समितिले सम्पुर्ण खर्च बेहोर्नुपर्ने माग गरिरहेको छ। प्रहरीले कारवाही नै नगरेर बसलाई छाडेको जिकिर गर्दै आफुहरु आन्दोलित भएको नमस्ते नेपाल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेलले बताए। आन्दोलन अर्न्तगत आफ्ना कुनैपनि सवारी साधन नचलाएर इप्रका अगाडी राखेको उनले बताए। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरिक्षक जनक शाहीले दुर्घटना सम्बन्धी विवादको विषयलाई लिएर व्यवसायीले आन्दोलन गरेको जानकारी दिए। 'दुर्घटनाको विषयमा दुई समितिबीच कुरा नमिल्दै नमस्ते यातायात व्यवसायी समितिले दवाव दिन आफ्ना सवारी साधान नचलाएर राखेको छ,' उनले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments