Incident Reports

इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापात स्थानीयको नियन्त्रणमा

2015-05-30

Bagmati, Nuwakot, Likhu

थान्सिङको छहरेमा स्थानीयबासीले दुई दिनदेखि एक ट्रक जस्तापाता नियन्त्रणमा लिएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले नुवाकोटको खानीगाउँ, कविलास, पञ्चकन्या, भद्रुटार, चौघडा र महाकाली गाविसका विद्यालय पुनर्निमाणका लागि ल्याएको २ सय ७० बण्डन जस्तापाता भूकम्प पीडितहरुले नियन्त्रणमा लिएका हुन् । ३ सय बण्डल मध्ये ३० बण्डल कविलासको ठाटीभन्ज्याङमा राखेर भद्रुटार र महाकालीका लागि जाँदै गरेको बा ३ ख ३८४४ नम्बरको ट्रकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । जस्तापाताको बिषयमा तथ्यगत विवरण बाहिर ल्याउनुपर्ने माग गर्दै स्थानीयले टोखा छहरे त्रिशुली सडक खण्ड समेत अवरुद्ध गरेका थिए । अर्थमन्त्री रामशरण महतका निजी सचिव रमेश महतले जस्ता बिक्रीका लागि काठमाडौं लैजान खोजेको आरोप लगाउदै स्थानीयले जस्ता सहितको ट्रक नियन्त्रणमा लिएका हुन् । मन्त्रीका निजी सचिव महतले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै राहतको लागि आएको जस्तापातामा आफ्नो कुनै संलग्नता नभएको बताए । सचिव महतले बैंकको छाप र लोगो अंकित जस्तापाता कसैले खरिद बिक्री गर्न नसक्दै भन्दै आफूलाई राजनीतिक रुपमा बदनाम गर्न खोजिएको दाबी गरे । भूकम्पबाट भौतिक संरचना भत्किएका माध्यमिक विद्यालयका लागि ६ र निमाविका लागि ५ वण्डलका दरले जस्तापाता वितरण गर्न बैंकले शुक्रबार दिउसो जस्ता कविलास पुर्‍याएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the delivery of non-government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 70
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments