Incident Reports

घडेरी सम्याउने क्रममा पाइप बम फेला

2015-06-01

Province 1, Khotang, Diprung

खोटाङको दिक्तेल नगरपालिका–१ मा घडेरी सम्याउनेक्रममा पाइप बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नजिक रहेको स्थानीय चन्द्रकला राईको जग्गामा घडेरी सम्याउने क्रममा सोमबार दुई थान पाइप बम फेला परेको हो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय नजिक घडेरी सम्याउने क्रममा कामदारले झण्डै एक मिटर लम्बाई भएको बम फेला पारेको प्रहरीले जनाएको छ । पाइप बम द्वन्द्व कालमा जिल्ला प्रहरी कार्यालयको सुरक्षार्थ प्रहरीले बनाएको सुरक्षाघेरामा बिच्छ्याएको अनुमान गरिएको छ । बम 'डिस्पोज'कालागि नेपाली सेनाको डिस्पोजल टोलीले जिम्मा लिएको छ । बम शक्तिशाली भएकाले माथिल्लो निकायको आदेश अनुसार डिस्पोज गरिने जबरजङ्ग गण मुडे ब्यारेक दिक्तेलका गणपति रामबहादुर थापाले बताए । यसअघि पनि सोही आसपासमा विभिन्न प्रकारका बम फेला परेको थियो ।द्वन्द्व कालमा प्रहरीले सुरक्षा घेरा बनाएको जिल्ला प्रहरी कार्यालय र पुरानो बेस क्याम्प क्षेत्रमा अझैपनि जमिनमा गाडिएको अवस्थामा बम हुनसक्ने स्थानीयको अनुमान छ ।

0 Comments