Incident Reports

राहतमा आएको कम्बल र त्रिपाल गोदमबाट बरामद

2015-06-03

Bagmati, Kathmandu, Kathmandu

भूकम्प पीडितहरुको लागि ल्याएको राहतको सामग्री गोदाममा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । चन्दागिरी नगरपालिका–२३ ढुङ्गे अड्डा स्थित राजेन्द प्रसाद गुप्ताले संचालन गरेको पशुपति ट्रान्सपोर्टको गोदामबाट प्रहरीले मंगलबार राहतको कम्बल र त्रिपाल बरामद गरेको हो । गुप्ताले राहत सामग्रीहरु स्टोर गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले गोदाम खानतलासी गर्दा नेपाल अतिवरण समितिको लागि ल्याएको कम्वल २५ पोका र सामाजिक तथा वातावरणीय विकास युवा सम्बन्ध अनामनगरको लागि ल्याएको त्रिपाल २१ पोका बरामद भएको थियो । राजेन्द प्रसाद गुप्ता फरार रहेका छन् । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments