Incident Reports

चाइनिज पेस्तोल सहित पक्राउ

2015-06-03

Province 1, Sunsari, Itahari, Ward 4

मोरङ मृगौलीया–८ बस्ने ४१ वर्षीय भक्त भनिने योगीराम दाहाललाई प्रहरीले चाइनिज पेस्तोल १ थानसहित पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले दाहाललाई बुधबार इटहरी नगरपालिका–४ स्थित सेकुवा कर्नरमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
National/Online Media

0 Comments