Incident Reports

गाँजा तस्करद्वारा प्रहरीमाथि गोली प्रहार

2015-06-05

Madhes, Siraha, Lahan, Ward 5

जिल्लाको उत्तरी गाउँ विष्णुरबाट प्रहरीले दुई जना तस्करलाई गाँजासहित पक्राउ गरेको छ। मुक्सार-१ का ४८ वर्षीय खिनबहादुर मगर र सोही ठाउँका ३५ वर्षीय गंगाबहादुर मगरलाई ८८ किलो गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। विष्णुपुरकट्टी हुँदै गाँजा भारत तस्करी भइरहेको सूचना पछ्याउँदै गएको प्रहरी टोलीमाथि ती तस्करहरुले पाँच राउण्ड गोली प्रहार गरेका थिए। प्रहरीले तीन राउन्ड जवाफी फायरिङ गरेको डीएसपी चतुर्वेदीले बताए। जवाफी फायरिङमा गंगा मगरको तिघ्रामा गोली लागेको छ। प्रहरीले उनीहरुबाट स्वचालित अमेरिकी पेस्तोल बरामद गरेको छ। पेस्तोलसँगै १ थान म्यागजीन र ६ राउण्ड गोली बरामद गरेको चतुर्वेदीले बताए। दुई जना पक्राउ परे पनि अर्का दुई जना फायरिङ गर्दै फरार भएको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको चतुर्वेदीले बताए। इलाका प्रहरी कार्यालय लहानले लहान सिटिजेसिजसँग सहकार्य गरेर लागु औषध नियन्त्रणका लागि रेडियो कार्यक्रम सुरु गरेपछि सूचना आउन थालेको चतुर्वेदीले बताए। सूचना पाएर हालसम्म लागुऔषधमा तीन महिलासहित ५९ जनालई पक्राउ गरी मुद्दा चलाइएको उनलेबताए। लहान प्रहरीको तथ्यांकअनुसार ४ सय २४ किलो गाँजा, १३ सय थान फोर्टवीन सुइ, ६ सय ८७ बोतल कोरेक्स, २ हजार ७ सय ९१ थान डाइजापाम र ३ सय ८३ थान नाइट्रोसन बरामद भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments