Incident Reports

पेस्तोल सहित एक जना पक्राउ

2015-06-13

Bagmati, Sindhuli, Kamalamai

सिन्धुलीको भद्रकालीबाट प्रहरीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ । भद्रकाली–८ का ३३ वर्षका विजय मोक्तानलाई एउटा चाइनिज पेस्तोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मोक्तानका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक विपिन अधिकारीले जानकारी दिनुभयो ।

0 Comments