Incident Reports

सुन लुट्न गएका ३ युवक पेस्तोल सहित पक्राउ

2015-06-20

Bagmati, Dhading, Gajuri

धादिङको मलेखु फुर्के खोलापुलमा चाइनिज पेस्तोल सहित ३ जना युवक पक्राउ परेका छन् । विशेष सुराकीले ३ केजी सुन राजधानीबाट आउँदै गरेकोले लुट्नु पर्ने योजना अनुसार उनीहरुलाई धादिङ सदरमुकमबाट बोलाइएको थियो । सदरमुकामबाट राति ३ बजे फुर्के खोलाको पुलमा मोटरसाइकल सहित धादिङ्बेसी बिचबजार बस्ने काजी श्रेष्ठ, रिगाउँ घर भई सदरमुकाम बस्दै आएका प्रकाश तामाङ र लापा घर भई सदरमुकाम बस्ने सन्देश तामाङ छन् । प्रहरीको राजधानीबाट आएको विशेष टोलीले काजीको मोटरसाइकलको डिक्कीबाट पेस्तोल बरामद गरेको थियो
National/Online Media

0 Comments