Incident Reports

जलेश्वरमा प्रहरी र स्थानीयबीच झडप हुँदा ८ जना घाईते

2015-06-21

Madhes, Mahottari, Jaleswor, Ward 6

प्रहरीले लुटपाटको गरेको आरोपमा महोत्तरीको बेलाका ११ जनामाथि डाका मुद्दा दर्ता गरेको विरोधमा भएको प्रदर्शनमा प्रहरीको लाठी चार्जबाट सदरमुकाम जलेश्वरमा आईतबार ८ जना घाइते भएका छन्। बेलाका स्थानिय बासिन्दाहरुले जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीविरुद्धमा जलेश्वरमा नाराबाजी जिल्ला प्रशासन पुग्दा प्रहरीले उनीहरुमाथि गरेको लाठी चार्जबाट बेलाका मेघा कुमारी, रामप्रगास मण्डल, जगनी दवी, शैलदेवी मण्डल, मन्जु देवी, जोगेन्द्र महतो, बिक्रम महतो र रासविहारी राम घाईते भएका छन्। घाइतेहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ भने घाईते मध्ये १० वर्षीया मेघा कुमारीको अवस्था गम्भीर हरेको छ। प्रदर्शनकारीहरुले घटनाको निष्पक्ष छानबिन हुनुनपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने र डाका मुद्दा लगाएका व्यक्तिहरुको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माँग गर्दै जलेश्वरको माछा बजारबाट नारा जुलुश गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए। गत मंगलबार जलेश्वरनगरपालिका १६ वेलाका देबेन्द्र सिंहको घरमा लुटपाट गरेको आरोपमा बेलाका विन्दा किशोर महतो, वृजलाल मण्डल, रामसकल महतो र रामचन्द्र मण्डल लगायतकालाई प्रहरीले पक्राऊ गरी डाका मुद्दा लगाएका थिए। तर यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रदर्शनकारीमाथि लाठी चार्ज प्रहरीले नगरेको बताए।लुटपाट मच्चाउनेहरुले सिंहको घरबाट तीन लाख ४० हजार नगद , १२ तोला सुनको गरगहना २० तोला चाँदीको गरगहना ,एक वटा खसि र साईकल लुटेर लगेको छ भने ५० हजार बराबरको कपडा लता , १० क्विन्टल गहुँ , ५ क्विन्टल मकै ,२० हजार बरावरको भाडा वर्तन आगनमा छरि दिएको सिंहले आरोप लगाएका छन। धेरै पहिलेदेखि स्थानिय र पिडित सिंहबीच पोखरी सम्बन्धि विवाद रहँदै आएको र सोहि पोखरीको विवादलाई लिएर स्थानियहरुले सिंहको घरमा लुटपाट मच्चाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । सिंहको बाजे केशवर सिंहको नाउँमा ६ कठा क्षेत्रफलमा रहेको उक्त पोखरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतो लगायतका गाउँलेहरुले विद्यालयलाई हस्तान्तरण गर्न दवाव दिदैं आएका थिए। बाजेको पालामा आफनो रहेको पोखरी केहि कारणवस नापनक्सा हुँदा छुट हुन गएको र फेरि आफुले आवश्यक कागज पत्रको आधारमा सिंहले सो पोखरी आफनो नाममा नापनक्सा प्रमाणित गराई आफनो दावि गरेपछि स्थानिय र उनी बीच विवाद चुलिएको थियो। स्थानीय र सिंहबीच रहेको पोखरी सम्बन्धि विवाद वारे जिल्ल्ाा अदालतमा मुद्दा विचाराधिन हुँदा हुँदै उनको घरमा लुटपाट गरिनु गलत रहेकोले उनीहरु माथि कानूनी कारवाही गरिने नायब उपरीक्षक श्रेष्ठले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Injured 8
Female Injured 4
Youth Injured 1
National/Online Media

0 Comments