Incident Reports

बुद्धचित्त माला र भरुवा बन्दुक सहित दुई जना पक्राउ

2015-06-21

काभ्रेको मंगलटारबाट प्रहरीले बुद्धचित्त माला र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको । आइतबार इलाका प्रहरी कार्यालय मंगलटारले मंगलटार–८ सल्लेनीबाट सिसाखानी–९ का १८ वर्षका भीम बहादुर तामाङ र ३१ वर्षका भीम बहादुर तामाङ ठुलेलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । गाउँकै राम बहादुर बलको बुद्धचित्तको माला कुरेर बसेका तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरु केही महिनादेखि बुद्धचित्तको माला कुरेर बसेका थिए । बुद्धचित्त माला लाखौ रुपैयाँमा बिक्री हुन थालेपछि तिमालका कानपुर, नारायणस्थान, कुरुवास, चापाखोरी, शिसाखानी, शिखरआमवोटे लगायतका गाउँमा फलेको ठाँउमै चोरी हुन थालेको छ । चोरीको जोखिम बढेपछि गाउँलेहरु बोटमै सुरक्षा दिएर बस्ने गरेका छन् । बुद्धको चित्त बसेको विश्वास गरिने बुद्धचित्त माला बुद्ध धर्माबलम्बीले जपका लागि प्रयोग हुने गरेको छ ।
National/Online Media

0 Comments