Incident Reports

डोल्पाको ठागेलेखमा सुरक्षा कर्मीद्धारा सर्बसाधरण कुटिए

2015-06-04

Karnali, Dolpa, Thuli Bheri, Ward 2

शुक्रबार डोल्पा जिल्ला शहरतारा गाबिसको ठागे लेखमा वनको विवाललाई लिएर एक सर्बसाधारण शुरक्षकर्मीद्धारा कुटिएका छन् । दुई गाउँ विच थुनी वन विच विवाद भएपछि सर्वसाधारण कुटिएका हुन् । उक्त वनमा सुरक्षाका लागी खटिएको नेपाल प्रहरीको टोलीले घटनाको सत्य तत्थ्य जानकारी नै नलिई एक तर्फी ढंगले दुनै गाबिस थालाका बर्ष ४७ का जुद्ध बहादुर रोकायाको ४ वटा दाँत झारिदिएको छ भन,े सोही गाउँका अर्का बर्ष १८ का राज कुमार रोकायालाई मरणासन्न अवस्थामा कुटपिट गरी जिल्ला प्रहरी कार्यलय दुनै डोल्पामा पुर्याइएको छ । यार्चाको समयमा जनता तथा आम सर्बसाधराण शान्ति, सुरक्षाका लागी खटिएका सुरक्षाकर्मीहरुद्धारा नै आफुमाथी एक्कासी मरणासन्न अवस्थामा कुटपिट भएको द्धय पिडतिले वताउछन् । अहिले सुरक्षाकर्मी द्धारा कुटपिट गरिएका द्धय बुढा र रोकायाको उपचार जिल्ला अष्पतालमा भैरहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । डोल्पाको जिल्ला प्रहरी कार्यलयमा प्रहरी द्धारा गिरफ्तार गरी कुटपिट गर्दै ल्याइएका पिडितहरुको अवस्था नाजुक हुदा अहिले हिरासतबाट आफन्तहरुको जिम्मा लगाइ जिल्ला अस्पताल डोल्पामा उपचार भैरहेको छ । सर्बसाधरणहरु माथी यसरी गरिएको प्रहरी ज्यादती बिरुद्ध स्थानिय बासिन्दाहरु सदरमुकाम भरिएका छन । भने डोल्पाको सुरक्षा नियकाले सर्वसाधारढा माथी गरेको अभद्र ब्याबहारको चौतर्फि भत्र्सना गरिएको छ । शहरतारा गाबिसको ठागे लेखको रामचौरमा दुनै गाबिस थाला गाउँको बन्द गरेको वनमा शहरताराका केही स्थानियहरु वनमा चोरी यार्चा खोज्न जादा थाला र शहरताराको बिबाद भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Violence during arrest/detention
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Youth Injured 1
National/Online Media

0 Comments