Incident Reports

विद्यार्थी-प्रहरी झडप, अस्पतालमा तोडफोड

2015-06-26

Province 1, Morang, Biratnagar

प्रहरीले नोबेल मेडिकल कलेजका पाँचौं ब्याचका इन्टर्नसिपमा रहेका चिकित्सकको आन्दोलनमा हस्तक्षेप गर्दा बिहीबार दिनभर नोबेल अस्पताल तनाबग्रस्त बनेको छ। झडपमा दुवै पक्षका केही घाइते हुनुका साथै अस्पताल तोडफोड भएको छ। प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरी १० जनालाई घाइते बनाउनुका साथै २५ जनालाई पक्राउ गरेको विद्यार्थीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले भने २० जना आन्दोलनकारीलाई पक्राउ गरेको र तीन जना घाइते भएको जनाएको छ। कार्यालयका प्रवक्ता प्रभु ढकालले एक प्रहरी र दुई अस्पताल कर्मचारी घाइते भएको बताए। झडपक्रममा अस्पतालका झ्यालढोकाका सिसा फुटेका छन् भने फर्निचरमा पनि क्षति पुगेको छ। विद्यार्थी कलेज प्रशासनसमक्ष धरौटी फिर्ता र पारिश्रमिक वृद्धिको माग राख्दै एक सातादेखि आन्दोलित छन्। आन्दोलनकै कारण नोबेलमा मंगलबारदेखि बहिरंग सेवा बन्द भएको छ। कलेजको पाँचौं ब्याजका १ सय २० जना विद्यार्थी अहिले कलेजकै अस्पतालमा इन्टर्नसिप गरिरहेका छन्। उनीहरूले मासिक १२ हजार रूपैयाँ पारिश्रमिक दिनुपर्ने माग राखेका छन् । तर, कलेजले कर काटेर ३ हजार ७ सय रूपैयाँ भुक्तान गरिरहेको छ। कलेज भर्ना हु"दा राखेको धरौटी फिर्ता र उचित पारिश्रमिक माग गर्दै आन्दोलन थालेका डाक्टरको मागबारे अस्पताल प्रशासनले वास्ता नगरेपछि तीन दिनदेखि उनीहरूले बहिरंग सेवा (ओपिडी)बन्द गरेका हुन्। आन्दोलनरत डाक्टरहरूले मंगलबार पनि दिउ"सो ३ बजेसम्म अस्पतालको बहिरंग सेवा बन्द गरेका थिए। विद्यार्थीको समस्याबारे वार्ता गरी समाधान खोज्ने भनिए पनि समस्या समाधानतर्फ अस्पतालले चासो नदेखाएपछि बाध्य भएर फेरि बुधबारदेखि बहिरंग सेवा बन्द गर्नु परेको डाक्टरहरूको भनाइ छ। प्रशिक्षार्थीका रुपमा एक वर्ष काम गर्नुपर्ने भए पनि उनीहरूले काम गर्न थालेको एक महिना मात्रै भएको छ। कलेजमा भर्ना हु"दा सुरक्षावापत् राखेको ५० हजार रुपैया" धरौटी पनि फिर्ता नगरेको आन्दोलनरत डाक्टरहरूको गुनासो छ। यता अस्पताल निर्देशक डा राजेश नेपालले इन्टर्नसिपमा रहेका डाक्टरहरूको पारिश्रमिक कलेजले नतोक्ने स्पष्ट पारेका छन्। 'काठमाडौं विश्वविद्यालयले कार्यकारी परिषद्को बैठकबाट पारिश्रमिकबारे निर्णय गर्ने पत्र पठाइसकेका कारण नोबेलले पारिश्रमिकबारे कुनै निर्णय गर्दैन,' उनले भने, 'बरु केयुले तोकेको पारिश्रमिक आजैका दिनदेखि लागू गर्न कलेज तयार छ।' धरौटी फिर्ताबारे कलेज स्पष्ट रहेको नेपालको भनाइ छ। उनले भने, 'एग्रिमेन्ट पेपर र डिपोजिट रसिद लिएर आए कलेजले धरौटी रकमबापत् लिएको सबै पैसा फिर्ता दिन्छ।' उनले विद्यार्थीको दुइवटै माग पूरा भइसकेको दाबी पनि गरे। माग पूरा भइसके पनि विद्यार्थीले आन्दोलन बन्द नगर्दा समस्या भएको उनले बताए। विद्यार्थी आन्दोलनका कारण दैनिक एक हजार बिरामी उपचार नपाइ फर्कनु परेको अस्पतालले दाबी गरेको छ। नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखा बिराटनगरले विद्यार्थी र चिकित्सकको शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनप्रति खेद व्यक्त गरेको छ। शाखाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधान खोज्नुको साटो अस्पताल प्रशासनले प्रहरी लगाएर दमन गरेकोमा खेद व्यक्त गरेको हो। संघले वार्ताबाट समस्याको समाधान खोज्न पनि आग्रह गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 120
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 10
Severely damaged Buildings 00
National/Online Media

0 Comments