Incident Reports

वैदेशिक रोजगार विभागका १२ सहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2015-06-27

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका १२ जना कर्मचारीसहित ३३ जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले घुस लिएर श्रम स्वीकृती दिएको आरोपमा उपसचिवसहितका कर्मचारी र व्यवसायीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले घुस दिएर अवैधानिक रुपमा श्रम स्वीकृति गराउने १९ जनाविरुद्ध पनि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले ३३ जनाबाट बिगो बापत ३३ लाख, ७३ हजार पाँच सय रुपैयाँ असुल गर्न माग गरेको छ । उपसचिव रामजी प्रसाद बराललाई २० हजार रुपैयाँ बिगो भराउन माग गरेको छ । शाखा अधिकृत शिद्धराज चटौत, गम्भीर सिंह बिष्ट, पृथुराम तिवारी, तीर्थराज पौडेललगायत विरुद्ध भ्रष्टाचार अभियोग दर्ता गरेको छ । आयोगले मतियारको रुपमा काम गरेरेको अभियोगमा नेपाल निक प्रेसका संचालक शेरबहादुर महर्जनलाई समेत १४ लाख ९९ हजार रुपैयाँ बिगो भराउनु पर्ने जिकिर गरेको छ ।

0 Comments