Incident Reports

थबाङमा बम विष्फोट, ६ जना घाइते

2015-07-12

Lumbini, Rolpa, Thawang, Ward 1

रोल्पाको थबाङमा शनिबार विहान बम विष्फोट भएको छ । थबाङ १ चालबाङस्थित श्रीप्रसाद घर्तीमगरको घरमा वम विष्फोट भएपछि एकैघरमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये घरमुली ५३ वर्षीय श्रीप्रसाद गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार थबाङको एकान्त स्थानमा रहेको उक्त गाउँमा रहेको श्रीप्रसादको घरमा शनिबार विहान ७ बजेतिर बमको विष्फोटको ठूलो सुनिएको थियो । स्थानीय एक महिलाका अनुसार दुई तले घरको माथिल्लो तलामा बम पडि्कएको हो । विष्फोटले घर पूर्ण रुपमा ध्वस्त भएको छ । चालबाङमा रहेको विशाल स्याउबारी नजिकै उक्त घर पर्छ । चालबाङ गाउ थबाङको ठूलो गाउँदेखि पूर्वमा पर्छ । प्रहरी नायब उपरीक्षक रमेश थापाले घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । भत्किएको घरमा अरु विष्फोटक पदार्थ समेत रहेको आशंकामा प्रहरीले घटनास्थललाई घेरा हालेको छ । प्रहरीका अनुसार कस्तो खालको वम पड्किएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । घटनाबारे जानकारी पाएपछि नेपाली सेनाको रोल्पास्थित देवीदत्त गणबाट सेनाको प्राविधिक टोली थबाङतर्फ गएको छ । गणपति प्रमुख सेनानी विनोद चन्दको कमाण्डमा सेनाको टोली शनिबार स्थलगत बाटोबाट थबाङ हिडेको हो । सदरमुकाम लिबाङसँग सडक यातायातले नजोडिएको थबाङ पुग्न अझै पैदल यात्रा गर्नु पर्ने बाध्यता छ । सेनाको टोली पूर्वी रोल्पाको सुलिचौर-सिर्क्याङ भिर हुदै आइतबारसम्ममा थबाङ पुगेपछि मात्र विष्फोटक पदार्थबारे थप अनुसन्धान गरिनेछ । प्रहरीका अनुसार उक्त वम शान्ति प्रक्रियापछि घरमा राखिएको हो वा त्यसअघि नै राखिएको थियो भन्नेबारेमा अनुसन्धान जारी नै छ । 'सेना पुगेपछि सबै कुरा जानकारी हुनेछ,' प्रनाउ रमेश थापाले भने । शान्ति प्रक्रिया सुरु भएपछि पनि रोल्पाका अधिकांश स्थानमा बम, गि्रनेड लगायत हतियार तथा विष्फोटक पदार्थ भेटिदै आएका छन् । पछिल्ला केही वर्षमा विगतमा लामो समय सशस्त्र युद्धको केन्द्र बनेको रोल्पाका गाउमा विष्फोटक पदार्थका कारण स्थानीय त्रसित बन्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 5
Female Injured 3
Youth Injured 3
National/Online Media

0 Comments