Incident Reports

घूससहित २ पक्राउ

2015-07-14

अख्तियारले भवन निर्माण विभागका एक सब–इन्जिनियरलाई घूस रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा विभागको विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाका सब–इन्जिनियर देवेन्द्रदेव श्रेष्ठ छन्। श्रेष्ठसँगै रकम लेनदेनमा सहयोगी भक्तपुर, कटुन्जे–८ का सरोज थापा पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट ६० हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ। दुवैलाई अख्तियारको हिरासतमा राखिएको छ। ललितपुरको महालक्ष्मीस्थान मन्दिरको पर्खाल निर्माण सम्पन्न भएपछि भुक्तानी दिने क्रममा उपभोक्ता समितिका पदाधिकारीसँग घूस मागेको उजुरी परेको थियो। अख्तियारको टोलीले बबरमहलस्थित आयोजना कार्यालयनजिकको मूलचोक रेस्टुराँबाट उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो।

0 Comments