Incident Reports

'स्वामी' कमलनयनाचार्यका उत्तराधिकारी पक्राउको विरोधमा प्रदर्शन

2015-07-15

Lumbini, Nawalparasi West, Ramgram, Ward 3

'स्वामी' कमलनयनाचार्यका उत्तराधिकारी स्वामी कृष्णलाई गएराति चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको विरोधमा नवलपरासीमा विरोध सुरु भएको छ । निकुञ्जले कृष्णलाई नवलपरासीको बेलातारीबाट पक्राउ गरेको हो । निकुञ्जले पक्राउ गरेको भन्दै उनका समर्थकले पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् । विरोधले पूर्व आउने र पश्चिम जाने यात्रुहरु अलपत्र परेका छन् । त्रिवेणीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, सेक्टर वन र त्रिवेणी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका कर्मचारीलाई बाहिर निकालेर स्थानीयले कार्यालयमा तालाबन्दी गरेका छन् । इलाका वन कार्यालय कावासोतीमा पनि तालाबन्दी गरिएको छ । यसैगरी समर्थकले त्रिवेणी र सदरमुकाम परासीमा विरोध प्रदर्शन गरिरहेका छन् । उनलाई निकुञ्जको वन फाँडेको आरोप छ । चितवन निकुञ्जका प्रवक्ता टिकाराम पौडेलका अनुसार उनलाई मुख्यालय कसरास्थित हिरासतमा राखिएको छ । 'केहीबेरमा बयान लिन्छौँ,' उनले भने, 'विस्तृत अध्ययन गरेर उसमाथि लागेको आरोपबारे छानविन गर्ने छौँ ।' । रेञ्जर लक्षमण राय, गेम स्काउटहरु र त्रिवेणीको सुरक्षा तैनाथ नयाँ भैरवी गुल्मका सेनाले हिजो बेलुकी साढे ६ नियन्त्रणमा लिएर निकुञ्ज ल्याएको हो। कमलनयनाचार्यले निकुञ्जको त्रिवेणी क्षेत्रको झण्डै २५ बिगाहा जग्गा कब्जा गरि आश्रम, मठ-मन्दिर बनाएका छन् । निकुञ्जले झण्डै १० वर्षदेखि हटाउन प्रयसा गरेपनि सकेको थिएन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other religious denomination
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments