Incident Reports

परीक्षा चलिरहेको विद्यालय भवन पहिरोले पुरियो

2015-07-16

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 17

पोखराको छोरेपाटनस्थित भूपु सैनिक उच्च माध्यमिक विद्यालयको भवन पुरिएको छ। परीक्षा सञ्चालन भइरहेको उक्त विद्यालयको भवनको ४ ओटा कोठा माथिबाट आएको पहिरोले पुरिएको हो। पुरिएको भवनमा कक्षा ८, ९ र १० का विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा दिइरहेको विद्यालयका शिक्षकले बताएका छन्। लगातारकाे वर्षापछि पहिराे गएकाे हाे। पहिरोमा परेका विद्यार्थीको उद्दार कार्य शुरु भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

0 Comments