Incident Reports

हिन्दू राज्य माग्दै ब्राहमण समाजको प्रदर्शन

2015-07-19

Lumbini, Gulmi, Resunga, Ward 8

संविधानको मस्यौदामाथि सुझाव संकलन गर्ने कार्य चलिरेका बेला ब्राहमण समाजले हिन्दू राज्यको माग गर्दै आइतबार तम्घासमा प्रदर्शन गरेको छ। तम्घासको उदिनढुंगाबाट बिहान ८ बजे सुरु भएको र्याेली तम्घास बजार परिक्रमा गर्दै लाँकुरीमञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो। र्यागलीमा सहभागीहरुले संविधानमा सनातन हिन्दूराज्यको माग गर्दै नाराबाजी गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै ब्राहमण समाज गुल्मीका अध्यक्ष शशि पन्थीले विदेशीको दबाबमा पूर्खादेखि चल्दै आएको परम्परालाई भत्काउन नहुने बताए। 'धर्म निरपेक्ष राष्ट्र घोषणा भएको अर्को दिन देखि देशमा आगो बल्छ,' उनले कोणसभालाई सम्बोधन गर्दै भने, 'संविधानमै धर्म निरपेक्ष लेखिनुले बहुसंख्यक हिन्दूहरुको आस्थामाथि चोट पुगेको छ।' सभामा सभासदहरुको समेत उपस्थिति थियो। सोही अवसरमा ब्राहमण समाजले सभासदहरुलाई संविधानको मस्यौदामा भएका कमीकमजोरी सच्याउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्। ब्राहमण समाजलार्ई प्रतिक्रिया दिँदै कांग्रेस सभासद चन्द्र भण्डारीले प्राप्त भएका सुझावलाई आफूले संविधानसभामा लैजाने बताए। 'तपार्ईँहरुको मागबारे सविधानसभामा सक्दो रुपमा उठाउने छु,' उनले भने। सुझाव संकलनका क्रममा अधिकांश सहभागिहरुले हिन्दू राज्यसहितको धार्मिक स्वतन्त्रताको माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments